मंसिर १६ –संविधानसभाको सम्बाद समितिमा दलहरुले सहमतिको प्रयासका लागि केही समय मागेका थिए । संविधान जारी गर्ने भनिएको माघ ८ गतेको समय सिमा घर्किदै जाँदा नेकपा एमालेले भने सहमतिय सरकारको छलफल शुरु गरेको छ । हिजो मधेशकेन्द्रीत दलहरुसंगको छलफलमा एमालेले सरकारमा सहभागि हुन औपचारीक प्रस्तावनै गरेको हो । यस बिचमा संविधानका बिबादित बिषयमा केन्द्रीत भएर दलिय बैठक भने बस्न सकेको छैन । शीर्ष तहमा छलफल गर्न भन्दै सम्बाद समितिको बैठक भोली सम्मकोलागि स्थगित गरेका दलहरुले आज पनि छलफलको तयारी गरेका छैनन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकास अधिकारीले आज ४ बजे सम्म प्रधानमन्त्री औपचारीक कार्यक्रममा व्यस्त हुनेभएकोले संविधान निमार्ण सम्बन्धी छलफलको कार्यक्रम अहिलेसम्म तय नभएको बताउनुभयो । प्रमुख प्रतिपक्षी एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगि शिब खकुरेलले पनि दलहरुबीच छलफलको कार्यक्रम तय नभएको जानकारी दिनुभयो । राजनीतिमा देखिएको सत्ता राजनीतिको यो पछिल्लो संकेतले फेरी पनि बेलैमा संविधान नबन्ने हो कि भन्ने आशंकामा बल पुगेको छ । प्रधानमन्त्री शुशिल कोईराला नेतृत्वमा सरकार बन्ने बेला माघ ८ भित्र संविधान जारी गरेर सरकार परिवर्तन गर्ने काँग्रेस र एमाले बिच ४ बुदे लिखित सहमतिनै भएको थियो । तर पछिल्लो अबस्थाले माघ ८ मै संविधान बन्ने संभावना कम हुदै जाँदा एमालेले सत्ता राजनीतिको नयाँ खेल शुरु गरेको हो । प्रधानमन्त्री शुशिल कोईरालाले नयाँ संविधान जारी गरेपछि मात्रै आफुले सरकार छोड्ने सार्वजनिक बक्तव्य दिनुभएको थियो । एमाले अध्यक्ष के पी ओलीले भने माघ ८ गते पछि यो सरकार हट्ने बताउनु भएको छ । सत्तारुढ दलको यो फरक अभिव्यक्ती र माघ ८ भित्रै नयाँ संविधान बन्ने संभावना न्युन हुनुले अव दलहरु सत्ता राजनीति तिर लागेको हो कि भन्ने आशंका बढेको छ । बिपक्षी दल एकिकृत माओवादी र मधेश केन्द्रीत दलहरुले तत्काल सरकारमा नजाने घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा सर्बदलिय सरकार बन्ने संभावना छैन । बिगतमा भएको ४ बुदे सहमति अनुसार माघ ८ मा प्रधानमन्त्री शुशिल कोईरालाले छोड्ने कि संविधान बनिसकेपछि भन्ने बिषय संविधानसभाका पहिलो र दोश्रो दलकै बिबादको बिषय बन्ने देखिन्छ । यदि त्यसो भएमा संविधान निमार्णको ओझेलमा परेर सत्ता राजनीतिले प्रसय पाउने आबस्था आउन सक्नेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment