मंसिर १७ –संवैधानका बिबादित बिषयमाथि छलफल गर्न प्रमुख तीन दलको बैठक अहिले बसिरहेको छ । दलहरुबीच अबरुद्ध संबिधान निमार्णको कार्यलाई गति दिने विषयमा छलफल भैरहेको छ । राजनीतिक सम्बाद तथा सहमति समितिमा सक्तारुढ दलको सात प्रदेशको प्रस्ताब पेस भएपछि संबिधान निमार्णमा देखिएको अन्योल हटाउने पहलमा शिर्ष नेताहरु छलफलमा जुटेका हुन् । सिहदरबारमा जारी छलफलमा प्रमुख तीन दलका शीर्ष नेता सहभागि छन् । प्रमुख दलहरुको छलफलपछि दिउसो २ बजे सम्बाद समितिको बैठक बोलाइएको सभापति बाबुराम भट्टराईले जानकारी दिनुभयो । पछिल्ला दिनमा सत्तारुढ दलहरुले सरकार परिवर्तनका कुरा शुरु गरेपछि संबिधान निमार्णको काम ओझेलमा परेको छ । सक्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीले गत सोमबार सहमतीको नया सरकारमा सहभागि हुन मधेसबादी दलहरुलाई आग्रह गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment