मंसिर १५ –मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी छोडेको नेत्र बिक्रम चन्द समुहले आज नयाँ पार्टी घोषणा गर्दैछ । तत्कालीन सचिव नेत्रविक्रम चन्दको संयोजकत्वमा नेकपा माओवादी नामक पार्टी घोषणा हुन लागेको हो । दिउँसो १ बजे काठमाडौं जमल स्थित राष्ट्रिय नाचघरमा घोषणासभा आयोजना गरिएको नेता अनिल शर्माले जानकारी दिनुभयो । घोषणासभामा आपूmहरुको आगामी योजना र समसामयिक राजनीतिका सन्दर्भमा समेत धारणा सार्वजनिक गरिने उहाँको भनाई छ । यही मंसिर ८ गते केन्द्रीय विस्तारित बैठकबाट वैद्य नेतृत्वको माओवादीबाट अलग भएको घोषणा गरेको चन्द पक्षले त्यसपछि चितवनमा गोप्य भेला गरेको थियो । भेलाले आगामी पुस दोस्रो सातामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । चन्द पक्षमा उहाँसहित ३ जना पोलिटब्यूरो सदस्य, करिब ९ जना केन्द्रीय सदस्य र ४० जनाको हाराहारीमा वैकल्पिक केन्द्रीय सदस्य रहेका बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment