सहमतिको नाममा सति जान सकिँदैन सचिव ज्ञवाली
धनकुटा, फागुन ९– नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सहमतिको नाममा सति जान नसकिने बताउनुभएको छ । संविधान निर्माणको लागि हुनेसम्मको लचकता अपनाईएको भएपनि संविधानसभाको प्रक्रियालाई रोक्न नमिल्ने उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपालले धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले सडक आन्दोलन गरेर सत्तापक्षलाई तर्साउने भ्रम नपाल्न अग्रह समेत गर्नुभयो । मधेसी र माओवादी मोर्चाको मागको आधारमा संविधानसभाको बैठक स्थगित गरेको, सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग बनाएको भन्दै उहाँले उनीहरुको मागलाई सम्बोधन गरी प्रधानमन्त्रीले औपचारिक वार्तामा बोलाए पनि आन्दोलनको धम्की दिनु सहमतिको विरुद्ध रहेको दावी गर्नुभयो ।
अर्को प्रसँगमा उहाँले पूर्व राजा ज्ञानेन्द्रको शीर्ष नेताहरुसंग राजा जोगाउने सहमति भएको भन्ने अभिब्यक्ति निराधार भएको पनि बताउनुभयो । जनआन्दोलनको क्रममा कुनै सम्झौता नभएपनि संक्रमणकालको फाईदा उठाउन धमिलो  पानीमा माछा मार्ने तयारी भईरहेको उहाँको भनाई छ ।

Post a Comment

 
Top