काठमाडौंमा एकै परिवारका ३ जना मृत भेटिए कोठामा ब्रिकेट बाल्दा निसासिएर मृत्यु भएको अनुमान
१० फागुन, काठमाडौं । काठमाडौंको काँडाघारीमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । हालको कागेश्वरी मनहरा नगरपालिका(३ विरेन्द्रचोकमा रामेछाप बाम्ती गाविस १ का राजन बस्नेत, उनकी श्रीमती पबिता र उनीहरुको ७ महिने छोरी मृत फेला परेका हुन् ।
शंकर खतिवडाको घरमा डेरा गरी बस्ने उनीहरु आफ्नै कोठाभित्र आइतबार विहान मृत फेला परेको प्रहरीले जनाएको छ । विहान अबेरसम्म पनि ढोका नखुलेपछि शंका लागेर घरबेटी खतिवडाले ढोका खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले स्थानीयको रोहबरमा ढोका फोडेर हेर्दा तिनैजना ओछ्यानमा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरी निरीक्षक दीपक शर्मा ढुंगेलले अनलाइनखबरलाई जानकारी दिए ।
घटनाबारे जानकारी दिँदै ढुंगेलले भने, ‘ढोका फोडेर भित्र पस्दा कोठाको एउटा छेउँमा घर ढलान गर्दा सिमेन्ट बोक्ने तावामा ब्रिकेट बालिएको थियो । झ्यालहरु पनि सबै बन्द थिए । अक्सीजन अभावमा उनीहरुको निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुमान छ ।’ पोष्टमार्टमका लागि शवलाई शिक्षण अस्पताल पठाइएको र रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण पत्ता लाग्ने उनले बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment