सप्तरी, १२  फागुन । सप्तरीको राजविराजस्थित कारागारमा एक कैदीको सोमबार हृदयघातबाट मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा जेलजीवन बिताइरहेका महोत्तरी जिल्लाको निरगोल गाविस– ५ बस्ने ५५ वर्षीय विनोद महतोको हृदयाघातबाट मृत्यु भएको कारागार प्रशासनले आज जनाएको छ ।
महतोलाई अचानक छातीमा असजिलो भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएपछि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । कैदी महतोलाई झापाको कारागारबाट गत असोज १२ मा  सप्तरी कारागार सरुवा गरिएको थियो ।

Post a Comment

 
Top