रुपन्देही स् एमाओवादीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री बावुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गणतन्त्र दिवसका दिन जेठ १५ गते नयाँ संविधान जारी गर्ने प्रस्ताव अघिसारेका छन् ।
क्रान्तिकारी पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले उक्त प्रस्ताव राखेका हुन् । अहिलेको गतिरोधको मुख्य कारण संघीयता, शासकीय स्व?प र निर्वाचन प्रणाली रहेको उनको भनाइ छ ।
यी विषयमा सत्तापक्ष कांग्रेस र एमाले एवम् विपक्षी गठवन्धन एमाओवादी, जनजाति र तराई मधेसवादी शक्ति एक ठाउँमा बसेर सहमतिको विन्दु खोज्नुपर्ने उनको भनाइ छ ।
‘अहिले परम्परावादी लोकतन्त्र र सुधारिएको समावेशी नयाँ लोकतन्त्रको द्वन्द्वमा दलह? अल्मलिएका छन्’, उनले भने, ‘दुई पक्षवीच वार्ता र संवादबाट मध्यमार्गी मोडलमा सहमति कायम गरौं ।’
सत्तापक्ष र विपक्षको जित जित हुने सहमति बनाई नयाँ संविधान जारी गरौं भन्ने प्रधानमन्त्रीको धारणाको सम्मान गर्दै आफूह? अधिकतम लचिलो भएको भट्टराईले बताए । प्रधानमन्त्री कोइराला आफ्नो नेतृत्वमा संविधान जारी गरी पार्टीको दशौं महाधिवेशनमा जानु लाभदायक हुने उनको सुझाव छ । 
संघीयतामा बहुपहिचान, निर्वाचन प्रणालीमा समानुपातिक र प्रत्यक्ष निर्वा्चित आधा आधा गर्ने र शासकीय स्व?पमा प्रत्यक्ष निर्वा्चित राष्ट्र प्रमुखको प्रणालीमा लचिलो भई सहमति गर्न सकिने नयाँ सहमतिको आधारविन्दुबारे पनि भट्टराईले खुलासा गरेका छन् ।
पहिलो संविधानसभा र विगतमा संसदवादी सातदल र नेकपा माओवादीबीचका सबै सहमति र सम्झौतामा जातीय र सांस्कृतिक पहिचानको विषयमा एकमतले सहमति भएकाले यसको कार्यान्वयन गर्नुपर्ने पक्षमा आफ्नो जोड भएको उनको भनाइ छ ।
भट्टराई चैत २४, २५ र २६ को आमहड्तालको तयारीको क्रममा बुटवल र भैरहवामा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा व्यस्त छन् ।

Post a Comment

 
Top