राजेश भण्डारी/गोकर्ण लामिछाने आरुघाट र प्रचण्डको बीचमा भावनात्मक नाता जोडिएको छ । गोरखाको आरुचनौटे गाविसमा पर्ने आरुघाट बजार र त्यस आसपासका एका–दुई घर मात्रै होइन् अधिकांश घरका बुढा–पाकाहरुलाई राम्ररी जान्दछन्, प्रचण्ड ।
करिब तीन बर्ष भिमोदय उच्च माविमा पढाएपछी ‘दश–चार’को सजिलो दैनिकी परित्याग गरेर राजनीतिको कठिन बाटो हिँड्न राजी भएका थिए प्रचण्ड । उनले तीन बर्ष ‘दश–पाँचको’ दैनिकी विताएको स्कुल विनाशकारी भुकम्पकका कारण क्षतविक्षत भएको छ । ‘स्कूल भत्केको खबर सुनेपछी मैले एकपटक पुग्ने अठोट गरेँ’ उनले भने । गत शनिवार धादिङको बेनिघाट पुगेपछी प्रचण्डको गाडी दायाँतिर मोडियो । आरुघाट जाने बाटाहरु अरु पनि थिए तर उनलाई एक्सप्रेस आरुघाट पुगेर उसैदिन फर्कनु थियो । बेनिघाटबाट बुढीगण्डकीको किनारै किनार करिब एक घण्टा हिँडेपछि पछुवा गाडीको टायर पंचर भयो । सुरक्षाकर्मीहरु टायर फेर्न थालेसँगै प्रचण्डले पत्रकारहरुसँग भने –‘म आरुघाटबाट दिनभर हिँडेर बेनीमा बास बस्न पुग्थेँ,भोलिपल्ट चितवन जान्थेँ ।’ उनलाई एक पत्रकारले सोधे –‘हेडसरसँग बिदा मिलाएर हिँड्नुहुन्थ्यो होला हैन, अध्यक्ष ज्यू रु’ प्रश्न सुनेपछी प्रचण्डले हाँस्दै भने –‘छोटो बिदामा त यतै बस्थेँ, करिब एक हप्ताको बिदा पाउँदा जाने गरेको थिएँ ।’
अर्को प्रसंगमा पत्रकारले सोधे –‘अब केपी ओलीलाई प्रधामन्त्री बनाउनु अघि मानसिक जाँच गर्ने की नगर्ने अध्यक्ष ज्यू रु’ प्रचण्ड हाँसे मात्रै उत्तर दिएनन्, ठीक त्यतिनै बेला पछुवा गाडीको टायर चेन्ज भैसकेको थियो । प्रचण्ड अगाडी बढे । धुलाम्मे कच्चि सडकमा टायर घोट्दै गोरखाको बोर्लाङ गविसको पिपलटार पुग्दा स्थानियहरु प्रचण्डको प्रतिक्षामा थिए । बोर्लाङ पुग्नासाथ स्थानिय नारायण श्रेष्ठले प्रचण्डलाई भने –‘बाँचियो सर त्यसैमा खुसी छौं ।’ भूकम्पले घर ढालेपनि आशा ढाल्न किन सक्थ्यो रु बोर्लाङबासीको मुहारमा भोलीको उज्यालो आशाको संचार हुँदै थियो । नारायण श्रेष्ठको कुरा सुनेपछि प्रचण्डले भने, ‘तपाईंहरु एक्लै हुनुहुन्न, नवनिर्माणको यात्रा हामी सबै मिलेर गर्नुपर्छ ।’ प्रचण्डले स्तुल खोलाको फड्के तर्नुअघि नै आरुघाट बासीहरु उनलाई रिसीभ गर्न पुगिसकेका थिए । आरुघाट बजारका पुराना जानपहिचानवाला बुढापाकासँग भलाकुसारी गर्दै प्रचण्डले बजारको भग्नावशेष निरीक्षण गरे ।
आरुघाट बजारका नेत्र प्रसाद श्रेष्ठलाई देख्नासाथ प्रचण्डले सोधे–‘तपाईहरुलाई कस्तो छ रु अनि अशोक खै रु’ श्रेष्ठले उत्तर दिए ‘घर ढल्यो सर, मान्छेलाई केही भएन ।’ उनीसँग कुरा गर्दागर्दै छोरा अशोक असिन–पसिन गर्दै आईपुगे । अशोक प्रचण्डका विद्यार्थी थिए । फलफुलमा लिची मन पराउने एमाओवादी अध्यक्षले आफुले अध्यापन गरेको भिमोदय उच्च माविको गेटबाट छिर्नासाथ सोधिहाले –‘त्यतिबेला ठूलो लिचीको बोट थियो नी कता हो रु’ तिनै अशोकले भनिदिए ‘त्यो अहिले छैन सर ।’
आफुले ०३३ सालदेखि ०३५ सालसम्म पढाएको विद्यालयमा उनी पुग्दा त्यहाँका अधिकांश स्थायी संरचना ध्वस्त भएका थिए । एउटा निर्माणाधिन चार कोठे भवन मात्रै बस्न मिल्ने थियो । आरुघाट बजारसहित विद्यालयका सम्पूर्ण संरचना सखाप भएपछि पुनर्निर्माणको विषय स्थानीयको कल्पनाभन्दा बाहिरको कुरा भैसकेको थियो । त्यस्तोमा पूर्वप्रधानमन्त्री पुग्दा उनीहरुका मुहारमा आशाको दियो जल्दै थियो । विजय राणाले बकस दिएको १५६ रोपनीको बगैंचामा प्रचण्ड गर्मिका बिच एक झोक्का चिसो हावा चल्यो । माओवादी अध्यक्षले अस्थायी कक्षाकोठा निर्माणका लागी जस्ता–पाता दिने घोषणा गरे । आरुघाटमा एमाओवादी नेताहरु जनार्दन शर्मा ९प्रभाकर० र हितराज पाण्डे अस्थायी कक्षाकोठा बनाउँदै थिए । प्रचण्डले पार्टिको सो अभियानमा ऐकेबद्धता जनाउँन एउटा करौंती मागे,अनि बलो रेट्न थाले । भिमोदयको आँगनमा उतिवेला माओवादी अध्यक्ष सँगै पढाएका सहकर्मी र कर्मचारी भेला भएका थिए । ‘युवा अवस्थामा आरुघाट बस्दा यहाँका जनतासँग मेरो भावनात्मक संवन्ध थियो,त्यहि भावनाले मलाई भुकम्पपछि आरुघाट जाउँ–जाउँ भयो ।’ प्रचण्डले भने, ‘तपाईहरुसँग भेट्दा निकै ठुलो गौरब र संतोषको अनुभुती भएको छ, स्टाफनै यहाँ भएजस्तो लाग्यो ।’ आरुघाट बुढिगण्डकी जलविद्युत्त आयोजनाको डुबान क्षेत्रमा पर्छ । आयोजनाको कारण आरुघाटको बस्ती सार्नुपर्ने त छँदै थियो त्यसमाथि भुकम्पको ताण्डवले झन बाध्य बनायो । आरुघाटलाई दुःख पर्दा विगतको भावनात्मक साईनो संझेर पुगेका प्रचण्ड जिम्मेवारी बोधले गम्भिर देखिन्थे । उनले आरुघाटको स्थायी स्थानान्तरणका लागी राज्यका निकायमा कुरा राख्ने बाचा गरे । प्रचण्डको त्यति बाचामात्र पनी आरुघाटबासीलाई लाख बराबर थियो । हिजो भिमोदय स्कुल बनाउन प्रचण्डले जंगलवाट काठ बोकेका थिए । आज अस्थायी सेल्टर बनाउन उनको पार्टी पुगेको छ । आरुघाटको भिमोदय मात्र हैन नजिकै आरुटारको जनशक्ति निमावीको जग राख्न पनि माओवादी अध्यक्षले भुमिका खेलेका थिए । स्थानीय गणेश कुमार श्रेष्ठ भन्छन् – ‘जनशक्तिको जग राख्नबेला हामीले द्यौसी खेल्ने निर्णय गरेका थियौं, त्यतिबेला दाहाल सर पनि सँगै हुनुहुन्थ्यो ।’ त्यसरी द्यौसी खेलेर जग राखेको जनशक्ति निमावीलाई पनि प्रचण्डले जस्ता–पाता दिए । जनशक्तिका प्रअलाई जस्ता हस्तान्तरण गदै उनले भने –‘बाल कल्याण केन्द्रमा कुरा गरेर मिलाएको छु,अस्थायी सेल्टर बनाएर कक्षा सुरु गर्दै गरौं,स्थायीका लागी सोचौंला ।’ आफ्नै घरमा बसेर पढाएको ‘दाहाल मास्टर’ पुगेपछि स्थानिय भुवन प्रसाद श्रेष्ठ लिची लिएर स्वागत गर्न आईपुगे । भुवनले प्रचण्डसहित उनीसँग गएका सबैलाई आरुघाटको लिची चाख्न दिए । भुवन श्रेष्ठको घर नजिकै प्रचण्डसँगै पढाएका गणेश कुमार श्रेष्ठको घर थियो । भूकम्पका कारण कान्छी छोरी र नाती गुमाएका गणेश अहिले भिमोदय उमावीको विद्यालय ब्यवस्थापन समितीको अध्यक्ष भएका छन् । एमाओवादी अध्यक्ष गणेशको घरतिर लागे । उनलाई आफ्नो आँगनमा देख्नासाथ नारायणी देवी भक्कानिईन् । उनले घुक्क–घुक्क गर्दै छोरी र नातीको मृत्युको खबर सुनाईन् । प्रचण्ड भावुक बने ।
नारायणी श्रेष्ठलाई मन बुझाउन आग्रह गर्दागर्दै प्रचण्डको गाडी काठमाडौंका लागी स्टार्ट भैसकेको थियो । भन्दै थिए –‘बेलुका मुख्य तीन दलको बैठक भ्याउनु छ ।’ आरुघाटबाट फर्केपछि

Post a Comment

 
Top