संगीतकार अर्जुन पोख्रेलले गजल गायनमा नयाँ प्रयोग गरेको दाबी गरेका छन् । महिला र पुरुषको युगल गायनमा थुप्रै गजलहरु बजारमा आएका छन् । तर दुई चर्चित गायकको आवाजमा भने पहिलो पटक आफूले गजल रेकर्ड गराएको अर्जुनको दाबी छ । काठमाण्डौको प्रज्ञा स्टूडियोमा गायक प्रमोद खरेल र शिव परियार एकसाथ गजल गाउँदै गरेको अवस्थामा भेटिए । आफ्नै जिन्दगी आफैलाई भारी-भारी भाको छ पलमै उत्रिन्छ पलमै डुब्छ वारी न पारी भाको छ । यो गीतलाई निर्देश उप्रेतीले लेखेका हुन् । गायकद्धय परियार र खरेलले एकसाथ गीत गाउन पाउँदा खुशी लागेको बताए । उनीहरुले नेपाली गजल क्षेत्रमा यस्तो प्रकृतीले पहिलो पटक गाउन पाउँदा खुशी लागेको बताए । यो गजल १५ दिन भित्र बजारमा आउने बताइएको छ ।
कृपया बिज्ञापनमा क्लिक गरेर सहयोग गरिदिनुहोला । -धन्यवाद
Post a Comment