नेपाल सरकारले चालु आर्थिक वर्षमा मनकामना मन्दिर जिर्णोद्घारका लागी विनियोजन गरेको तिन करोडको सुन्न खरिद गरिने भएको छ ।
आँउदो माघ ८ गते नेपाल सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको पैसाले सुन खरिद गरि लकरमा राख्ने तयारी भइरहेको मनकामना गाविस सचिव                   नारायण सापकोटाले जानकारी दिनु भयो ।
सरकारले पुँजीगत शिर्षकमा लगानी गरेको रकम बाट टेण्डरको प्रक्रिया सुरु गरि जिर्णाेद्वार सुरु गर्नु पर्ने भएको र सो प्रक्रिया सुरु नभएका कारण सुन किन्न लागिएको सचिव सापकोटाको भनाइ छ ।
 मन्दिर जिर्णोद्घार अन्तर्गत काठमा वुट्टा भर्ने काम भइरहेको छ । मन्दिर जिर्णोद्घार गर्न पाँच करोडको सुन लाग्ने मनकामना जिर्णोद्घार समितिको अनुमान छ । यस भन्दा अघिल्लो आर्थिक वर्ष सरकारले एक करोड रुपंैयाँ विनियोजन गरेको थियो ।
सरकारले विनियोजन गरेको सो १ करोेड रकम मध्ये ५८ लाख रुपैयाँको पनि सुन खरिद गरिएको गाविस सचिव सापकोटाले बताउनु भयो । सुन लक्करमा राख्नका लागी मनकामना क्षेत्र विकास समिति, मनकामना जिर्णोद्घार समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र कोलेनिकाका प्रतिनिधि काठमाडौँ जाने तयारी पनि भइरहेको छ । पुरातत्व विभागले नेपाल सरकारको निर्णय अनुसार राष्ट्र वैङ्कमा सुन खरिद गरि राख्न लागेको हो ।

Post a Comment

 
Top