१३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयनको माग गर्दै पूर्वराजाले दिएको वक्तव्य ‘मरेको सर्पले पुच्छर हल्लाए जस्तै’ भएको टिप्पणी गरेका छन् । युवा संघमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने(‘एउटा अतिवाद मोटामोटी ब्यवस्थापन भइसकेको छ, तर अहिले पनि पुच्छर हल्लाइरहेको छ ।’ सर्पले मरेपछि वा मर्ने पक्का भइसकेपछि पनि पुच्छर हल्लाउने भन्दै उनले भने(‘अली अस्ती त्यही पुच्छर हल्लियो । सम्झौता कार्यान्वयन गर, धाको भयो भनेर वक्तव्य दिएका छन् ।’
पूर्वराजाले धोका भयो भनेको भन्दै एमाले अध्यक्ष ओलीले भने(‘धोका त ठूलै धोका भयो नि । उलेखेरै फालियो । हामीले सडकबाट र भेट्दा पनि राजतन्त्र फाल्छौं भनका थियौं । काँधमा हालेर थात्रो राजतन्त्र बोक्छौं भनेर कसैले भनेको थिएन ।’
एमाले अध्यक्ष ओलीले एमाओवादीलाई कानमा परेको कन्सुत्लोको संज्ञा दिएका छन् । एमाओवादी, कानमा पसेको कन्सुत्लो औषधी हालेपछि छटपटाए जस्तै अवस्थामा रहेको उनको विश्लेषण थियो ।
माओवादीले लाठी जुलुस र मसाल जुलुर निकालेर जनतामा आतंक फैलाउन खोजेको भएपनि यसलाई आफूले सामान्य रुपमा लिएको बताए । उनले भने(‘कानमा कन्सुत्लो पसेपछि औषधी हाल्दा उपद्रो गर्छ । चिथोर्छ । अहिले कन्सुत्लोलाई औषधी हालै जस्तै भएको छ ।’ क्रान्ति जनयुद्धलाई बकवास भन्दै उनले लाठी बोकेर सडकमा हिड्दैमा जनताले नपत्याउने उनले बताए । माओवादीले कम्युनिष्टको बेइजत गरेको एमाले अध्यक्ष ओलीको आरोप छ ।
Post a Comment