डि.बि.तामाङ /– जिल्ला अस्पताल गोरखाले आज देखि पुन अप्रेसन सहितको प्रसुती सेवा शुरु गरेको छ । गत जेठ २२ गतेदेखि बन्द भएको अप्रेसन सहितको प्रसुती सेवा आज देखि शुरु गरिएको जिल्ला अस्पताल गोरखाका ल्याव टेक्निसियन चिजकुमार श्रेष्ठले जानकारी दिनुभयो । गोरखा अस्पतालमा काम गर्दै आउनु भएका डा योगेन्द्र अमात्यको ठाउँमा पाटन अस्पताल ललितपुरका गाइनोलोजिस्ट डा. समिर मल्ल गोरखा आउनु भएपछि आज देखि पुनः प्रसुती सेवा शुरु गरिएको उहाँले बताउनु भयो । अस्पतालले आज डा मल्लको नेतृत्वमा गोरखा दर्वुङ ७ की २० बषिया निर्मला नगरकोटीको अप्रेसनबाट बच्चा निकालिएको छ । गोरखामा करिव ९ महिना देखि प्रसुती सेवा रोकिएपछि गर्भवती महिलाहरुलाई अप्रेसन गरि बच्चा जन्माउनु चितुवन, काठमाण्डौ लगायतका स्थानमा पु¥याउनु पर्ने बाध्यता रहेको थियो ।

Post a Comment

 
Top