डि.बि.तामाङ / नेत्र बिक्रम चन्द बिप्लप नेतृत्वको नेकपा माओबादीले गोरखा ११ किलोका शंकर धितालले गरिव निमुखा जनतालाई फसाएर उनिहरुको जग्गा आफ्नो नाममा पारेको भन्दै धितालको जग्गा रोक्का गर्न मालपोत कार्यालय गोरखामा आज स्मरण पत्र बुझाएको छ । नेकपा–माओबादीका जिल्ला सेक्रेटरी कृष्ण वाग्लेको नेतृत्वमा गएको टोलीले मालपोत कार्यालयमा पुगी कार्यालयका लेख अधिकृत रधुनाथ फुुुयाललाई स्मरण पत्र बुझाएको हो । स्मरण पत्रमा माओबादीले धितालले गरिव जनतालाई झुक्याएर जग्गा आफ्नो नाममा नामसारी गरेको भन्दै जनताको खोसिएको जग्गा जनतालाई नै फिर्ता गर्न सहयोग गरिदिन आग्रह गरिएको जिल्ला सेक्रेटरी वाग्लेले जानकारी दिनुभयो । साथै माओबादीले आजै मालपोत कार्यालयमा लेखापढी गर्ने व्यक्तिहरु संग पनि छलफल गरेको छ । छलफलमा माओबादीले धितालको कुनैपनि कारोवारको लेखापढिमा सहभागी नुहन सवैलाई आग्रह गरिएको बताउनु भयो । यस अघि हिजो माओबादीले धितालको ११ किलोमा रहेको करिव ५० रोपनी भन्दा बढि जग्गा र एउटा घर कव्जा गरेको थियो । माओबादी तमुवान राज्य इन्चार्ज सवित्रा दुराको नेतृत्वमा गएको टोलीले गरिव जनताको जग्गा त्रृण दिने बाहानमा धितालले किर्ते गरि आफ्नो नाममा नामसारी गरेको भन्दै जग्गा कव्जा गरेको हो । यस अघि छेपेटारका कुमाल समुदायले पनि धितालले आफुहरुलाई झुक्याएर जग्गा आफ्नो नाममा नामसारी गरेको भन्दै जग्गा फिर्ताको गराईदिन जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी दिएका थिए । यता मालपोत कार्यालयका अधिकृत रधुनाथ फुयालले माओबादीको स्मरणपत्र सम्बन्धमा आफुहरु सचेत रहेको बताउनु भयो । उहाँले प्रक्रियाबाट हुने काम बाहेक कुनै पनि अन्यक्रियाकलाप यस अधि पनि नभएको र अब पनि हुन नदिने बताउनु भयो ।

Post a Comment

 
Top