डि.बि.तामाङ/ महेन्द्र ज्योती उच्च माध्यमिक बिद्यालय गोरखा नगरपालिका १ दरबार मार्गको ५४ औ बार्षिक उत्सब तथा अभिभावक समारोहको अबसरमा आजदेखि सुरु भएको छ । बार्षिक उत्सब तथा अभिभाबक समारोहको अबसरमा बिबिध खेलहरु सम्पन्न भएका छन । आज १ देखि ५ सम्म प्राबि तहमा चम्चा तथा गुच्चा दैड सम्पन्न भएको छ । भने कक्षा १०, ११ र १२ का ४ टिम सहभागी भलिबल खेल पनि आजै सम्पन्न भएको छ । आज भएको खेलमा कक्षा ११ को सेक्सन ए. बिजयी भएको छ भने कक्षा १२ दोस्रो भएको छ । भलिबल खेल नगरपालिकाका श्रोत ब्यक्ति मोहनराज बिष्टले हिजो उद्घाटन गर्नु भएको खेल आज समापन भएको छ ।
५४ औ बार्षिक उत्सबको अबसरमा बिशेष कक्षाका बिद्यार्थीमा बिष्कुट खुवाई खेल सम्पन्न भएको छ । आजै भएको अर्को चम्चा दौड तथा भलिबल खेलका बिजयी खेलाडिहरुलाई नगद पुरस्कारले सम्मानित गरिएनुका साथै स्टेसनरी सामाग्री पनि बितरण गरिएको थियो । पुरस्कार बितरण बिद्यालय ब्यावस्थापन समितिका सदस्यहरु अर्जुन बाबु श्रेष्ठ, मिलन घताने, तथा अमेरिकन भोलेन्टियर ओली भिया र जोईले भलिबल खेलाडिलाई पुरस्कार बितरण गर्नु भएको थियो । गत बर्षको परिक्षामा सफल कक्षा १ देखि १२ सम्मका प्रथम द्धितिय र तृतीय हासिल गर्न सफल बिधार्थीहरु तथा बिबिध शिर्षकमा उत्कृष्ट बिधार्थीहरलाई आजै पुरस्कार स्वरुप नगद तथा स्टेसनरी प्रदान गरिएको गरिएको छ । बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष सरस्वति गुरुङको अध्यक्षतामा सम्पन्न हो । आज भएको कार्यक्रममा बिद्यालयका प्राचार्य लक्ष्मण बाबु आचार्य, बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष सरस्वति गुरुङ, अर्जुन बाबु श्रेष्ठ लगायतले सबोधन गर्नु भएको बिद्यालयका प्राचार्य लक्ष्मण बाबु आचार्यले जानकारी दिनुभयो । महेन्द्र ज्योति बिद्यालयको भोली उद्घाटन हुने पनि बिद्यालयले जानकारी दिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment