चैत्र मसान्त सम्ममा गोरखालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने अभियान सफल हुन सकेन
डि.बि.तामाङ / गोरखा जिल्लालाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने भन्ने अभियान अहिले ओझेलमा परेको छ । गोरखालाई आगामी चैत्र मसान्त सम्ममा पुर्ण साक्षर जिल्ला घोषणा गर्ने भन्ने अभियान अहिले ओझेलमा परेको हो । नेपाललाई पुर्ण साक्षर घोषणा गर्ने भनि सरकारले अभियान चलाई रहेको बेला गोरखाको काम प्रभाबित बनेको छ । स्थानिय बिकास अधिकारी प्रेमराज गिरीको अध्यक्षतामा जिल्ला अनौपचारिक शिक्षा समिती समेत गठन भएको छ । अनुगमन समितिले अनुगमन गरे पछि मात्रै घोषणा गरिने भएको सहायक जिल्ला अघिकारी ठाकुर जि तिवारीले जानकारी दिनु भएको छ ।
गोरखाका कतिपय गाबिसले हाम्रो गाबिसलाई पुर्ण साक्षर गाबिस भएको घोषणा गरिदिन जिल्ला शिक्षा कार्यलयलाई पत्र पठाए पनि जिल्ला शिक्षाले त्यो अनुगमन गरेर मात्र घोषणा गर्ने मनासाय बनाएको जिल्ला शिक्षा कार्यलयका एक कर्मचारीले जानकारी दिनु भयो । गोरखा जिल्लालाई चैत्र मसान्त सम्ममा साक्षर जिल्ला घोषणा गर्ने अभियान केहि महिना पर सर्ने भएको छ । । गोरखा जिल्लाको ६० गाबिस र २ नगर पालीका मध्ये आरुआर्वङ र नामजुङ जम्मा दुईवटा गाबिस मात्रै पुर्ण साक्षर गाबिस घोषणा भएका छन भने केहि गाबिस साक्षर गाबिस घोषणा हुने तयारीमा रहेता पनि साक्षर घोषणा भने हुन सकेका छैनन । तोकीएको समय चैत्र मसान्त आउन लाग्दो गोरखालाई तोकिएकै समयमा पुर्ण साक्षर जिल्ला घोषण गर्न नसकिने समेत शिषा कार्यलयले जानकारी दिएको छ । यहि वर्षमा पुर्ण साक्षर नेपाल घोषणा हुने भनिए पनि भक्तपुर लगायतका केही जिल्ला बाहेक अरु हुन सकेका छैनन् ।
Post a Comment