डि.बि.तामाङ÷नेकपा माओबादी बिप्लब समुहले गोरखा नगरपालीका १० बाह्रकिलो बजारमा आए एक कार्यक्रमको आयोजना गर्दै भ्रष्टचारी र सोसकहरुलाई आफुहरुले नछाड्ने उद्घोष गरेको छ । गोरखा नगरपालीका १० घर भएका शंकर धिताललाई मनपरी रुपमा किसानलाई सोषण गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ । बिप्लब समुहको नेकपा माओबादीले धिताललाई आफुले लिएको कृषकको जग्गा फिर्ता गर्न माग समेत गरेको छ । गोरखा नगरपालीका १० किलो आफ्नो घरबाट कृषकको घरजग्गा बन्धकमा राखी धितालले गाउलेलाई चर्को ब्याज लिएर ऋणमा लगाउदै आएका थिए । आफु खुसी अबैध रुपमा चर्को ब्याज लिएको भन्दै किसानको घर जग्गा फिर्ता गर्न आज लिखित रुपमानै आग्रह गरेको छ । आज गोरखा नगरपालीका १० बाह्र किलो बजारमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आयोजना गर्दै तमुवान राज्य इन्चार्ज साबीत्रि दुरा क.आस्थाले यस्तो बताउनु भएको हो ।
कार्यक्रमलाई राष्ट्रिय युवा जन स्वयम सेबकका राज्य प्रमुख क. निसान र गोरखा जिल्ला इन्चार्ज क. रुपेशले पनि सम्बोधन गर्नु भएको थियो ।
Post a Comment