डि.बि.तामाङ /गोरखा उद्योग बाणिज्य संघको ४२ औ स्थापना दिबशको अबसरमा १५ जना दृष्ट्रि बिहिन बाल बालिकालाई दैनिक उपभोगका सामान प्रदान गरेको छ । गोरखा नगरनपालीका सरस्वति उच्च माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई साबुन रुमाल जस्ता दैनिक उपभोगका सामाग्रीहरु प्रदान गरेको उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीले जानकारी दिनुभयो । बिद्यालयका दृष्ट्रिबिहिन बिद्यार्थीहरुलाई दैनिक पठन पाठनमा सहज बनाउनका लागि थप कदम स्वरुप यस्तो गरेको हो । सरस्वति उच्च माध्यमिक बिद्यालयमा पढ्दै आएका १५ जना बिद्यार्थीको लागि कक्षाकोठा तथा आबस्यक फर्निचरको पनि सहयोग गर्ने पनि उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।
४२ औ स्थापना दिबशको अबसरमा गोरखा उद्योग बाणिज्य संघले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान ठुलो आगन देखि उद्योग बाणिज्य संघसम्मको सडक सरसफाई कार्यक्रम गरेको हो । उद्योग बाणिज्य संघका सम्पुर्ण पदाधिकारीहरु, ममहिला उद्यमीका सम्पुर्ण पदाधिकारहिरु, स्तुगत समितिका सम्पुर्ण पदाधिकारहिरु र भु.पु उद्योग ब्यावसायी संघका सम्पुर्ण पदाधिकारीहरुको उपस्थीति रहेको थियो । गोरखालाई पुर्ण सरसफाई मुक्त जिल्ला बनाउने अभियानमा सहयोग गर्दै गोरखा उद्योग बाणिज्य संघले यस्तो कार्यक्रम गरेको हो ।
Post a Comment