डि.बि.तामाङ / एमाले नेता तथा केन्द्रिय सचिब पृथ्वी सुव्बा गुरुङ पार्टि कार्यकर्ता भेटभाट तथा अगुवा कार्यकर्ता प्रशिक्षणका भन्दै गोरखा आयनु भएको छ । गोरखा क्षेत्र नः १ को आयोजनामा यस्तो पार्टि प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यैक्रममा बोल्दै गुरुङले नेपाल अहिले पुजिपति देशमा गएको बताउनु भएको हो । साम्राज्यबादी मुलकमा कसरी सम्हाल्ने भन्ने हुन्छ भन्दै अहिले सानो तिनो काममा पनि नाफा घाटाको कुरा हुने हुदा मुलुक साम्राज्यबादी मुलुकबाट फुजिबादी मुलुकमा गएको नेकपा एमालेले ठहर गरेको हो भन्नु भयो । कायकर्ताहरुलाई नेकपा एमालेलाई जिताउन गाउका साना समितिमा पनि जित्नु पर्ने भन्दै बिद्यालयको ब्यावस्थापन समिति, कुलो निर्माण कमिटी, बाटो निर्माण  जस्ता सबै ठाउमा एमाले मय गाउ बनाउन समेत कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।
अहिले मुलुक पुजिपति युगमा गएको बताउदा बताउदै पनि नेता गुरुङले मुलुकमा अझै पनि २१ सय हलीहरुरहेको तथ्याङ्क पनि प्रस्तुत गर्नु भएको थियो । देशमा करोडौ नेपालीहरु रहेको भन्दै सय राउटेहरुलाई देखाएर नेपाल अझै धेरै पछाडि छ भन्न नहुने पनि बताउनु भयो । गाउका सयौ रोपनी खेति योग्य जग्गाहरु बाझै रहेको कारण खेतिलाई कति लगानी गर्दा कति उत्पादन हुन्छ भन्दै यस्तो नाफा र घाटाको जोड घटाउ पुनिपति मुलुकमा मात्र हुने पनि नेता गुरुङले बताउनु भयो । हिजो आन्दोलन केका लागि थियो भन्दै नेता गुरुङले सबै आन्दोलन आफ्नो अधिकारको लागि रहेको भन्दै अब नेपालीजनता सबै अधिकार सम्पनन भएको भन्दै आन्दोलन गर्नु नपर्ने पनि बताउनु भयो । आन्दोलनलाई छाडेर नेकपा एमाले अहिले उत्पादनमा लाग्ने पनि गुरुङले बताउनु भयो ।
कुनै पनि हालतमा यस्तो संबिधान निर्माण गर्नु पनि बताउनु भयो । आफ्नो पाटि संबिधान निर्माणमा सधै लागि रहेको भन्दै संबिधान निर्माण नगरी नहुने समेत बताउनु भयो । देशमा संक्रमणकाल धेरै लम्ब्याउन नहुने भन्दै अब संबिधाखन नबनाई बिश्राम नलिने पनि नेता गुरुङले बताउनु भयो । बिपक्ष दलहरु संबिधान निर्माणको कुरा गरेर सडक आन्दोलनमा लाग्न नहुने भन्दै छिट्टै बार्तामा बसि संबिधान निर्माणको कामलाई सहज बनाउन पर्ने पनि नेता गुरुङले आग्रह गर्नुभयो ।  क्षेत्र नः १ का अध्यक्ष बुद्धि दुवाडिको अध्यक्षतामा भएको कार्यक्रममा पार्टि अगुवा   कार्यकता प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका गण्डक इन्चार्ज तथा केन्द्रिय सदस्यमयानाथ अधिकारी, बैकल्पिक केन्द्रीय सदस्य राम शरण अधिकारी, एमालेका कार्यबाहक अध्यक्ष बिश्वेश्वर कट्टेल, यादब बस्नेत, सम्झना देबकोटा,लगाउतले मन्तब्य राख्ुन भएको थियो ।

Post a Comment

 
Top