विषाक्त गहुँको रोटी खाँदा एकै परिवारका ६ को मृत्यु
फागुन २५ – विषाक्त गहुँको रोटी खाँदा एकै परिवारको ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको पिडा गाविस वडा नं ८ मा बस्ने सन्ज बहादुर स्याङ्तान (६२), फूलमाया स्याङ्तान (२८), रमेश स्याङ्तान (५), अनिता स्याङ्तान (२), अर्जुन स्याङ्तान (५), सबिता स्याङ्तान (७) रहेका छन् । मृतक तीनजनाको काठमाडौंको मेघा हस्पिटलमा मृत्यु भएको हो भने अन्य तीनको हस्पिटल लाने क्रममा बाटोमा मृत्यु भएको हो ।
सोही परिवारका अन्य तीनजना पनि अचेत रहेका छन् । यस्तै गरि विषाक्त गहुँ पिस्ने घट्ट भनी तिलक बहादुर डुङको परिवारका ६ जनासमेत अचेत भएका छन् । इलाका प्रहरी कार्यालय, गजुरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा मृतकहरुको पोष्टमार्टमको लागि गजुरी पुर्याइँदै छ ।

Post a Comment

 
Top