काठमाडौं, १७ दिन अघि बलात्कृत बारा कलैयाकी बालिकाको आइतबार मृत्यु भएको छ । १४ दिनदेखि कान्ति बाल अस्पतालको पिआइसियुमा उपचाररत ६ वर्षीय बालिकाको आइतबार साँझ मृत्यु भएको हो ।
अस्पतालका महानिर्देशक डा। चन्द्रेश्वर महासेठले अस्पताल आएदेखि नै कोमामा रहेकी बालिकाको भेन्टिलेटरमै आइतबार मुटु र फोक्सोले काम गर्न छाडेको थियो । बाबुको पसल छेउ खेल्दै गर्दा ८ फागुनको साँझ बालिका हराएकी थिएन ।
त्यसको भोलिपल्ट अचेत अवस्थामा बालिका भेटिएकी थिइन । १० फागुनमा हेलिकप्टरबाट राजधानी ल्याइए पनि उनलाई बचाउन नसिकएको हो ।
बालिकालाई बलात्कार हत्या प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परे पनि राज्यले घटनाप्रति गम्भीरता नदेखाएको आरोप परिवारजन र आफन्तले लगाएका छन् ।
बालिकामाथि जघन्य अपराध गरी मृत्यु भइसक्दासमेत सरकार, संसदीय समितिले केही नबोल्दा उनीहरु संवेदाहीन भएको आरोप पूर्व सभासद् प्रमोद गुप्ताले लगाए ।
बारा प्रहरीले बलात्कार र हत्या प्रयास आरोपमा बाराका २८ वर्षीय कह्नैया  गुप्तालाई पक्राउ गरेको छ ।

Post a Comment

 
Top