मलाई थाहा छ मेरो प्रश्न तपाईहरु समक्ष पनि आई पुग्दैन अनी आईपुगे पनि तपाईहरुलाई नै जवाफ थाहा छैन् त्यही भएर पनि मैले जवाफको आशा गरेको छैन् केवल मनमा उब्जेका कुरालाई पोख्न खोजेकी मात्र हुँ।
पहिलो पश्न स् म २०४९ सालमा काठमाडौमा जन्मिएकी हुँ त्यसैले मलाई १९९७, २००७, २०१७, २०३६,२०४६ सालको बारेमा केही थाहा छैन् केवल म अली अली केही बुझ्ने भएदेखि मैले अहिलेसम्म निरन्तर सुन्दै आएको संक्रमणकाल , संक्रमणकाल अनी संक्रमणकाल के हो यो संक्रमणकाल भनेकोरु अनी यसको अन्त्य कहिले र कसरी हुन्छरु कसले गर्न सक्छ नेपाली जनताले अथवा तपाईहरु जस्तो नेतृत्वमा रहनु भएकाहरूलेरु
जब हामी विकासको कुरा गर्छो तब सुरु हुन्छ हामी संक्रमणकालमा छौ, भ्रष्टाचार लगायतको कुरामा चाँही आँउदैन यो संक्रमणकालरु
दोस्रो प्रश्न स् जब तपाईहरु चार जनाले चाहेमा मात्रै सबै कुरा हुने भएपछि तपाईहरु चार जनाको कुरा कहिले मिल्छ महाशय एउटा हातको पाँच वटा औला त बराबर छैनन्, तपाईहरु त भिन्न भिन्न विचार, लक्ष्य अनी उद्धेश्य लिएर हिड्नु भएको छ। जब तपाईहरु ४ जनाको निर्णयनै अन्तिम निर्णय हुने भन्ने तपाईहरुलाई थाहा थियो भने ६०१ जनाको नाम १२०२ जनाले हालसम्म खर्बौ रूपँयाँ किन सक्नु भयोरु फेरि अर्को चुनाव कहिले गर्नु हुन्छ र अर्का ६०१ लाई भक्ता खुवाउनु हुन्छ अनी तपाईहरू ४ जनाको बैठकको लागि कहिले रिसोर्ट त कहिले पाँचतारे धाउनु पर्ने भएपछि किन अर्बौ रूपँयाँ संबिधानसभाको भवनको भाडा तिर्नु हुन्छ महाशयरु
तेस्रो प्रश्नस् हरेक दिन औशतमा १५ सय युवा विदेसिएका छन् महाशयहरू युवा भनेको देशको आशा हो भनिन्छ यस कुरालाई नकार्नै सकिन्नरु यदि सकिँदैन् भने ठीक छ तपाईहरुले उनीहरुलाई स्वेदशमा रोजगार त दिन सक्नु भएन तर, विदेशमा त तपाईहरुले उनीहरुलाई रेमिट्न्यासमा पैसा पैसाको हिसाब निकाले जसरी सुबिधा दिन सक्नु हुन्छ नी१
यहाँ तपाईहरुको पैसा खर्च हुँदैन् केवल हरेक राजदूतावासको मार्फत उनीहरुको समस्यालाई समाधानको बाटोतर्फ उन्मुख गराउन सक्नु हुन्छ नि। महाशयहरु यसमा तपाईहरुको खर्च हुने भनेको नै भर नभएको वोलीमात्र हो यती पनि किन गर्न सक्नु हुन्न्रु
तपाईहरुको कारणले विदेसिएको एउटा नेपाली बाकसमा प्याक भएर फर्कन्छ तर, त्यो लाश पनि कयौ वर्ष अनी महिनापछि मात्र आईपुग्छ उसको आफन्त अनी परिवार तपाईहरूको आसेपासेसँग आएर बिन्तिभाँउ दर्साउनुपर्ने हुन्छ। तपाईहरुलाई कहिल्यै लाग्दैन यसको दिर्घकालिन समाधान खोजिन पर्छ भनेर त्यहीँ ठाँउमा तपाईहरुलाई राखेर हेर्न मन लाग्दैनरु
Post a Comment