डि.बि.तामाङर गोरखा/ आफू मातहतका कर्मचारीले कार्यालयको छाप र आफ्नै हस्ताक्षर किर्ते गरी अख्तियार दुरुपयोग गरकेो आरोपमा गोरखा नगरपालिकाकी कार्यकारी प्रमुख चन्दा थापामगरले जिल्ला प्रहरीमा मुद्दा हालेकी छन् । गत माघ १३ गते गोरखा नगरपालिका ११ की सुन्तली माया थापा मगरको निर्माण सम्पन्न नभएको घर लाई हाकिमको किर्ते हस्ताक्षर र छाप सहित घर सम्पन्न भएको प्रमाणपत्र दिएको भन्दै किर्ते हस्ताक्षर गर्ने गोरखा नगरपालिकाका सव इन्जिनियर निशान पाठकलाई कारवाहीको माग गर्दे कार्यकारी प्रमुख थापाले मंगलवार आज गिलन प्रहरी कार्यालय गोरखासंग माग गरेकी छन् । “गत माघ १३ गते फाँटवाला र मेरो समेत किर्ते हस्ताक्षर गरी पाठकले निर्माण सम्पन्न नै नभएको घरलाई निर्माण सम्पन्न भएको प्रमाणपत्र दिएको पाइयो । ” कार्यकारी प्रमुख थापामगरले नेपाल समाचारपत्रसंग भनिन् ,“ कार्यालयको छाप समेत किर्ते गरेको पाइयो , त्यसैले कारवाहीको लागि पहरीमा मुद्धा दताृ गराएकी हुँ । ” घर निर्माण सम्पन्न भएको दर्ता प्रमाणपत्रको फोटोकपी कार्यालयमा आएपछि दर्ता कितावमा उक्त प्रमाणपत्र फेला नपरेपछि घटना वाहिर आएको हो । “ दर्ता कितावमा दर्ता भेटिएन , तर प्रमाणपत्र जारी भएको भेटियो ,कार्यकारी प्रमुख थापाले भनिन् , “ सवै फर्जी काम भएको छ , त्यसैले कारवाहकिो लागि मुद्दा दर्ता गराएकी हुँ । ”यता सव इन्जिनियर पाठकले भने घटनामा आफ्नो संलग्नता नरहेको ठाडै अस्वीकार गरेका छन् । “ सवै किर्ते काम गर्ने अनि जस्ले कुरा वाहिर ल्याउन खोज्यो उसैको विरुद्ध लाग्ने ?” २५ मिटर लागु हुदाँ पास हुन नसक्ने घरजग्गा भएको वताउदै उनले भने , “ मेरो फाँटको काम नै हैन , यदि मैले दिने भए किने किर्ते गर्ने ?मेरो समेत हस्ताक्षर किर्ते भएको छ , फाइल लुकाइएको छ । ” उता थापामगरले भने डिजाइनर कन्सल्ट्यान्ट सनद भन्नेले निशान पाठकलाई वुझाउनुपर्छ भन्दै आफूसंग १५ ,००० लगेको प्रारम्भिक अनुसन्धानमा वताएको पनि पाठकले वताए । “ मैले कसैसंग पैसा लिएको पनि छैन ” पाठकले भने ,“ कसले के ग¥यो अनुसन्धानले पक्कै खुल्नेछ । ” यता जिल्ला पं्रहरी प्रमुख अर्जुन चन्द ठकुरीले भने नगरपालिकाको पत्र कार्यालयमा आएको र किटानी जाहेरी परेकोले आरोपित पक्राउ गरी अनसुन्धानको प्रक्रिया अगाडि वढाइने वताउनुभयो । यसैवीच आजै गोरखा नगरवासीहरुले पनि एक सार्वजनिक अपिल मार्फत सव इन्जिनियर पाठकको वारेमा कारवाहीको माग गरेका छन् । गोरखा नगरवासीहरु नाम दिएर प्कासन गरिएको अपिलमा पटक पटक कार्यालयको अख्तियारी दुरुपयोग गरी अकुत सम्पति आर्जन गरेको आरोप लगाएका छन् । पाठकले नगरपालिकाको भौतिक विकास लगाएत समग्र विकास वाधक नै पाठक भएको भन्दै मदिरा सेवन गरी पटक पटक कार्यालयको गाडी दुर्घटना गराएको । सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको लगाएतका आरोप लगाईएका्े छ । पाठकले मापदण्ड विपरित नक्सा पास गरी अकुत सम्पति आर्जन गरेको भन्दै छानविनको लागि पनि आग्रह गरिउको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment