डि.बि.तामाङ / बलत्कारका  घटना दैनिक रुपमा बढ्दै गएको परिप्रेक्ष्यमा जिल्ला  प्रहरी कार्यालय गोरखाले भने  जवरजस्ती करणी अपराध नियन्त्रण्काा लागि भन्दै  तिन महिने अभियान सुरु गर्ने भएको छ ।  जिल्ला प्रहरी कार्यालय गोरखाको अगुवाईमा आज गोरखा सदुरमुकाममा जिल्लाका महिला हिंसाका सरोकारवाला , नागरिक अगुवा , पत्रकार , अधिकारकर्मी संग अन्तक्रिया र छलफल गर्दे अभियान र अभियानको दौरानमा गर्नुपर्ने गतिविधिको वारेमा छलफल तथा अनतmिया गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीषक अर्जुन चन्द ठकुरीले जानकारी दिनुभयो । अभियान अन्तर्गत ३ महिने कार्ययोजना तयार गरी विद्यालय र समुदायमा यौन जन्य हिंसा र वलात्कारका घटना न्युनीकरणका उपायका वारेमा जनचेतना फैलाउने प्रहरी प्रमुख ठकुरीले वताउनुभयो । शुरुमा जिल्ला  प्रहरी कार्यालय र विस्तारै इलाका प्रहरी कार्यालय र चौकीवाट समेत अभियान चलाइने पनि ठकुरीले वताउनुभयो । जवरजस्ती करणी अपराध नियन्त्रण नाम दिइएको अन्तरक्रिया कार्यक्रममा वोल्दै सरोकारवालाहरुले  जवरजस्ती करणीको  घटना बढ्नुमा यौन जन्य जनचेतना कमी  , बलात्कृत भए पछि घटनालाई राजनैतिक करण गराउँनु , कतिपय घटनालाई आर्थिक प्रलोभन देखाई घटनालाई गाउँमै मिलाउने प्रयास गरिनु , आफ्नो बेइजजत हुने भन्दै घटना गोप्य राख्ने  , अपराधीलाई संरक्षण गर्ने  जस्ता कारणले गर्दा अपराधिको मनोबल बढेको भन्दै यस्ता क्रियाकलापलाई निराकरण गर्ने सकेमात्रै घटना  नियन्त्रण केही हदसम्म भए पनि कम गर्ने सक्ने मत राखेका थिए । जिल्ला न्याधिस प्रकास कुमार काफ्लेको अध्यक्षतामा भएको अन्तरिक्रिया कार्यक्रममा   सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र ,ससस्त्र प्रहरी नायक उपरीक्षकक कुमार श्रेष्ठ , राष्ट्रिय अनुसान्धानका प्रहरी नायव उपरीषक नविन भट्टराई ,  महिला तथा वालवालीका कार्यालयका प्रमुख सिता अधिकारी , कानुन व्यवसायी , विभिन्न सरोकार वाला निकायका प्रमुख तथा प्रतिनिधी , पत्रकारहरुले जवरजस्ती करणी अपराध नियन्त्रणको उपायहरुको वारेमा सुझाव दिएका थिए । कार्याक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालयका  प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन चन ठकुरीले गर्नुभएको थियो ।

Post a Comment

 
Top