डि.बि.तामाङ÷गोरखा
“ स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ” भन्ने नाराका साथ गोरखामा आगामि बैसाख १० देखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुने भएको छ । ३ दिनसम्म चल्ने शिल्ड प्रतियोगितामा एथलेटिक्स , भलिवल र मार्सल आर्टतर्फका विभिन्न स्पर्धाहरु हुने आयोजकले जनाएको छ । एथलेटिक्सतर्फ छात्र र छात्राका १०० मिटर , ४०० मिटर , १५०० मिटर र ५००० मिटर दौड , फिल्डतर्फ हाइजम्प , लङजम्प , ज्याभलिङ थ्रो , सटपुट हुने भएको छ । त्यसैगरी भलिवत नकआउट , मार्सल आर्ट तर्फ सितेरियो कराँतेका विभिन्न ६ वटा तौल समुहका खेलहरु हुने आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।
गोरखा जिल्लाको सबै बिद्यालयका बिद्यार्थीहरुलाई आफ्नो खेलकुद प्रतिको आकर्षण गराई वौद्धिक र सक्षम तथा स्वस्थ्य नागरिक उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागिएको जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष सुदीप नगरकोटीले एक पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको लागि अनुमानित ८ लाख २० हजारको खर्च हुने अनुमान गरिएको छ ।

Post a Comment