डि.बि.तामाङ÷गोरखा
हाम्रो चाहाना समानता र सम्मान महिलाई बिकास होईन स्वभिमान र पहिचान भन्ने नाराका साथ हिजो देखि सुरु भएको नेताप तामाङ महिला घेदुङ द्धारा सन्चालित २ दिने नेतृत्व बिकास तालिमको आज समापन भएको छ । महिलालाई समाबेसी बनाए मात्र नहुने भन्दै अब नेतृत्व तहमा महिला नपुगे सम्म महिलाको पक्षमा कुनै पनि कुरा हुन नसक्ने सहभागिहरुले बताएका थिए । महिलाको नेतृत्व नभएकोले हजारौ महिलाहरु जिउदै जल्ने कुन महिलाले कानुन बनाउछ भन्दै अब नेतृत्व महिलाले लिनु पर्ने बताएका छन ।
समापन कार्यक्रम नेपाल तामाङ महिला घेदुङको अध्यक्ष सुकमाया तामाङको अध्यक्षता र नेपाल तामाङ महिला घेदुङको सल्लाहाकार पाकुली तामाङकाने प्रमुख आतिथ्याता रहेको थियो । दुई दिन सम्म चलेको नेतृत्व बिकास तालिमको समापन कार्यक्रममा सहभागिको तर्फबाट कृति घले बारपाक र सिम्जुङका अस्मी तामाङले मन्तब्य राख्नु भएको थियो । त्यस्तै प्रशिक्षकको सीता लामा पाकुली तामाङ लगायतले मन्तब्य राख्नु भएको थियो ।
हिजो नेपाल आदिबासी जनजाति महासंघका अध्याक्ष बिण्णु राना मगरको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्ला बिकास समितिले लक्षित वर्गलाई छुट्याएको बजेटबाट नेपाल तामाङ महिला घेदुङले ४० जना महिलालाई नेतृत्व तालिम दिएको हो । गोरखाका बिभिन्न गाउ गाउबाट आएका तामाङ महिलाहरु सहभागि भएका थिए ।
Home
»
अन्तराष्ट्रिय
» नेपाल तामाङ महिला घेदुङ जिल्ला कार्य समितिको २ दिने नेतृत्व बिकास तालिम सम्पन्न
Subscribe to:
Post Comments (Atom)
Post a Comment