डि.बि.तामाङ

भोली हुने भनिएको गोरखा जिल्ला परिषद कहिले हुने अन्यौलमा परेको छ । प्रमुख अतिथी को ल्याउने भन्ने बिबाद बढे पछि परिषद हुने नहुने अन्यौलमा परेको हो । पुर्व सहमति अनुसार पुर्व प्रधानमन्त्रि तथा गोरखा क्षेत्र नः १ का सभासद ए.नेकपा माओबादीका नेता डा. बाबुराम भट्टराईलाई ल्याउने भनिए पनि काग्रेसले नमाने पछि स्थकित भएको हो । नेपाली काग्रेसले प्रकास मान सिंलाई ल्याउन लागेको स्थानिय बिकास अधिकारीले बताए पछि एमाओबादी र नेपाली काग्रेस बिच बिबाद बढेको हो  ।
नेपाली काग्रेसले पनि हिजो एकिकृत नेकपा माओबादीका नेता भट्टराईलाई ल्याउन मैखिक सहमति दिएको थियो तर आज आफुहरुलाई जिल्ला बिकासबाट कुनै पत्र नआएको भन्दै पत्र माग्न गएका एमाओबादीका नेता तथा कार्यकर्ता र नेपाली कागेसका उप–सभापति मोहन पोखरेल बिच भनाभन भएको ए. नेकपा माओबादीका जिल्ला अध्यक्ष लेख बहादुर थापाले जानकारी दिनु भयो । हमी कुनै पनि हालतमा भोली हुने जिल्ला परिषद हुनु पर्ने पक्षमा रहेको पनि अध्यक्ष थापाले बताउनु भयो ।
भोली हुने भनिएको जिल्ला परिषदको बारेमा पत्र लिन गएका ए.माओबादीका नेता तथा कार्यकर्ताहरुलाई स्थानिय बिकास अधिकारीले मोहन पोखरेलले काग्रेसका नेता प्रकास मान सिंलाई ल्याउने भन्नु भएको छ भन्ने बित्तिकै ए.माओबादी कार्यकर्ताले नेपाली काग्रेस उप–सभापति मोहन पोखरेललाई पानीको बोत्तलले प्रहार गरेका थिए । ससस्त्र द्धन्द्धको समयमा पनि आफुहरु बिरुद्ध सुराकी गर्ने र अहिले पनि हामी बिरुद्ध यस्तो गर्ने भन्दै मोहन पोखरेल बिरुद्ध आन्दोलीत भएका थिए । राजनैतिक दलहरुको पुर्व सहमति अनुसार एक पछि अर्को गर्दै आउने कार्यक्रममा सबै दलका नेताहरुलाई मिलाएर ल्याउने सहमति अनुसार गत बर्षको परिषदमा नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्रि सुसिल कोईराला आउन्ु भएको थियो । त्यस्तै गोरखाको खुल्ला दिशा मुक्त काार्यक्रममा एमालेका उपाध्यक्ष तथा गृहमन्त्रि बामदेब गैतम आउनु भएको थियो । जिल्ला बिकास समितीलाई सम्पर्क गरि अब जिल्ला परिषद कहिले हुन्छ भनि बुझ्दा भोली हुने वा नहुने वा कहिलेहुने भन्ने बारेमा कुनै प्रतिक्रिया दिनु चाहानु भएन ।

Post a Comment

 
Top