प्रेस बिज्ञप्ति
आज ए.माओबादीले एक प्रेस बिज्ञप्ति निकालेर नेपाली काग्रेस र स्थानिय बिकास अधिकारीको बिरोध गरेको छ । गणतन्त्र नेपाल पछिको आठौ जिल्ला परिषदको प्रमुख अतिथी को बनाउने भन्ने बिषयमा नेपाली काग्रेसको ठाडो आदेशलाई स्थानिय बिकास अधिकारीले अगाडि भएको सहमतिलाई नमानेको भन्दै ए. माओबादीले खेद प्रकट गरेको छ । आफुहरुलाई नेपाली काग्रेसले पुरै बाईपास गरेर लग्न खोजेको भन्दै बिभिन्न इलाका गोष्ठिहरुमा ए माओबादीलाई वेवास्था गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ । जिल्ला परिषदमा प्रमुख अतिथी को ल्याउने भने बिषयमा पहिलेनै डा.बाबुराम भट्टराईलाई ल्याउन सहमत भए पनि नेपाल िकाग्रेसको पछि स्थानिय बिकास अधिकारी प्रेमराज गिरी लागेको आरोप बिज्ञप्तिमा लगाईउको छ । २७ गते चिठ्ठी बुझ्ने भनि गएकोमा नेपाली काग्रेस र स्थानिय बिकास अधिकारीले आफुहरुलाई वेवास्था गरेको आरोप लगाईएको छ । आफुहरु सधै सहमति र सहकार्यको लागि तयार रहेको भन्दै राजनैतिक सहमतिबाट अगाडि बढ्न पनि एमाओबादीका जिल्ला इन्चार्ज अमर तमु द्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । 


Post a Comment

 
Top