अखिल नेपाल क्रान्तिकारी अपाग संघ सुस्तमनस्थिती भएका १० जनालाई लत्ता कपडा बितरण ग¥यो
अखिल नेपाल क्रान्तिकारी अपाग संघ गोरखाको सयोजन तथा जिल्ला विकास समिती गोरखाको आर्थिक सहयोगमा भवानि उच्च माध्यमिक विद्यालय पालुङ्टारका १० जना सुस्तमनस्थिती र शारिरीक अपाग भएका विद्यार्थीहरुलाई लताकपडा वितरण गरेको छ । संघले सुस्त मनस्थीति भएका बिभिन्न बिद्यार्थीहरुलाई यस्तो लत्ता कपडा बितरण गरेको अखिल नेपाल क्रान्तिकारी अपाङ संघका अध्यक्ष अमर तमुले जानकारी दिनु भयो ।
भवानि उच्च माबिमा भएको कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी अपाग संघका जिल्ला अध्यक्षअमर तमुको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रचार्य उमाकान्त देवकोटा प्रमुख अतिथी रहनु भएको थियो । नगद १० हजार बराबरको लत्ता कपडा बितरण कार्यक्रममा बोल्दै प्रचार्यले आफ्नो बिद्यालयका सुस्त मनस्थिती भएका बिद्याथीहरुलाई यस्तो सहयोग गर्ने अखिल नेपाल क्रान्तिकारी अपाङ संघलाई धन्याबाद दिनु भएको थियो । बिद्यार्थीहरुलाई यस प्रकारको सहयोगले बिद्यार्थीको शैक्षिक तथा आर्थिक सहयोग भएको समेत बताउनु भएको हो ।  बिद्यालयका प्राचार्य तथा अन्य शिक्षक शिक्षिकाको रोहबरमा सुस्तमनस्थिती भएका बिद्यार्थीहरु १० जनालाई लत्ता कपडा बितरण गरेको हो । १० जना बिद्यार्थीलाई लत्ताकपडा बितरण गरेको अखिल नेपाल क्रान्तिकारी अपाङ संघका अध्यक्ष अमर तमुले जानकारी दिनुभयो

Post a Comment

 
Top