२७ फागुन, काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा अनेरास्ववियू र अखिल क्रान्तिकारीबीच झडप भएको छ । विद्यार्थीहरुले क्याम्पस चिफ राजेश महाजुको कार्यकक्षमा तोडफोड गर्दै कुर्सि जलाएका छन् ।
अनेरास्ववियुले तोडफोड र आगजनी गरेको अखिल क्रान्तिकारीले आरोप लगाएको छ । तर, अनेरास्ववियुले भने दुई विद्यार्थीबीचको व्यक्तिगत रिसिइवीको कारण झडप भएको भन्दै यसमा राजनीतिक कारण नभएको दाबी गरेको छ ।
अस्कलमा क्याम्पस चिफ नियुक्तिको विषयमा अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीबीच विवाद रहँदै आएको छ । सोही विषयको विवादले विद्यार्थीहरुबीच झडप भएको बताइएको छ ।
राजनीतिक भागबन्डाको आधारमा अस्कलमा एमाओवादी निकट रामप्रसाद यादव क्याम्पस प्रमुख नियुक्त भएका थिए । उनीपछि एमाओवादीकै कोटाबाट स्थानीय राजेश महाजु क्याम्पस प्रमुख बनेका छन् ।
तर, यादव र महाजुलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले ‘असहयोग’ गरेको एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आरोप छ ।
‘दुई विद्यार्थी संगठनको चेपुवामा क्याम्पस चिफ पर्दै आएका छन्, आजको झडप पनि त्यही पक्ष(विपक्षको कारण हो,’ एक विद्यार्थी नेताले बताए ।

Post a Comment