२७ फागुन, रामेछाप  । काकरभित्तबाट रामेछापको सदरमुकाम  आउँदै गरेको एउटा बसमा यात्रा गरिरहेका एकजना यात्रीको शव बुधबार विहान धनुषा जिल्लाको तुलसी गाविस( ६ पाटुको सडकमा प्रहरीले फेला पारेको छ ।
मंगलबार साँझ काकरभित्ताबाट रामेछापको सदरमुकाम मन्थलीको लागि छुटेको मकालु यातायातको मे १ ख१८५३ नं को बसमा यात्रा गरी रहेका दोलखा जिल्लाको मार्वु गाविस( १ का करिव ३५ वर्षका चन्द्रबहादुर दमाईँलाई धनुषा प्रहरीले मृत अवस्थामा सडकमा फेला पारेको रामेछापको रामेछाप प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सव इन्सपेक्टर लक्ष्मण गौतमले दिएको जानकारी अनुसार सडकमा मृत अवस्थामा शव फेला परेपछि प्रहरीले जाँच गर्दा उनको गोजिमा बसको टिकट फेला परेको थियो । धनुषा प्रहरीले गरेको खबरको आधारमा मन्थली अइपुगेको सो बसलाई नियन्त्रणमा लिई तलासी लिँदा उनका तीन वटा झोलाहरु फेला परेका छन् । तीनै झोलामध्ये एकमा चन्द्रबहादुरको नाममा रहेको सहकारी संस्थाको चेकबुक लगायतका कागजातहरु फेला परेको प्रहरीले जनाएको छ ।
घटना पछि बुधबार बिहान रामेछाप प्रहरीले बस र त्यसका चालक मेची नपा(१ झापाका गोपाल पौडेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ । उनी कसरी बसबाट झरे भन्ने बारेमा थाहा नभएको चालकले बताएका छन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।

Post a Comment

 
Top