लुम्विनीको मायादेवी मन्दिरमा पूजा गर्दै पर्यटनमन्त्री भीम आचार्य |
१६ बैशाख, लुम्बिनी (रुपन्देही) । नेपाल वायुसेवा निगमलेआइतबार धुमधामसँग भित्राएको नयाँजहाजको सफलताको कामनागर्दै लुम्बिनीमा पूजागरिएको छ । पूजामा पर्यटनमन्त्री भीमआचार्य र नेपालका लागिचिनियाँ राजदूत उ चुन्ताइका साथमा१८ जनाकाे चिनियाँ टाेलीसहभागी थियो ।
पर्यटन मन्त्री भीमआचार्यसहितको टोली मंगलबार लुम्बिनीस्थित मायादेवी मन्दिरर जाइनिज गुम्बामा पुगीजहाजको सफलताको कामनागरेको हो। चीनसरकारले अनुदानमा उपलब्ध गराएको एमए६० जहाजबाट योटोली भैरहवा विमानस्थलमा उत्रिएर लुम्बिनी पुगेकोथियो ।
टोलीमा मन्त्रीसहित नेपालका लागिचिनिया राजदूत उचुन्ताई, पर्यटन सचिव सुशीलघिमिरे, निगमका महाप्रबन्धक मदनखरेल, चिनियाँ जहाजनिर्माता कम्पनी एभिक होल्डिङ इन्टरनेशनका अध्यक्ष युग्वाङ क्वान र६ जना स्थानीय सभासदसहित ५६जना थिए ।यीमध्ये १८ जना चिनियाँ पाहुनाथिए । उनीहरूसबैजना नयाँ विमानचढेर मंगलबार लुम्बिनी पुगेकाहुन् ।
लुम्विनी विकास कोषले खादा ओढाएर सम्मान गरेपछि राजदूत, मन्त्रीलगायतका अतिथि |
विहान ११बजे गौतम बुद्धविमानस्थलमा उत्रिएको टोली गाडी चढेरलुम्बिनी पुगेको थियो ।लुम्बिनीको मायादेवी मन्दिरमा पूजा गरेर टोलीचाइनिज गुम्बामा पुगेकोथियो । चाइनिजगुम्बामा रहेका लामा भिक्षुहरुले जहाजकोसफलताको कामना गर्दै टोलीलाई पूजागराएका थिए ।
जहाज हस्तान्तरण गर्ननेपाल आएको चिनियाँ टोलीलेपहिलोपटक लुम्बिनी लैजान आग्रह गरेपछिउनीहरुलाई लुम्बिनीको भ्रमण गराउने रजहाजको सफलताको कामनागर्ने उद्देश्यसहित लुम्विनी अाएकोनिगमका महाप्रबन्धक खरेललेबताए । उनकाअनुसार चिनिया टोलीलेभर्खरै हस्तान्तरण गरेकोजहाजबाट लुम्बिनी जान विशेष आग्रहगरेका थिए ।
मंगलबार बिहानसाढे ७ बजेत्रिभुवन अन्तर्राष्ट्रियविमानस्थलबाट उड्ने तयारी गरिएकोभए पनि नयाँजहाजको भन्सार क्लियरेन्स नगरेकाकारण उडानमा २घण्टाभन्दा बढी ढिलाइ भएकोथियो । सचिवघिमिरे, महाप्रबन्धक खरेललगायतले जहाजको मुचुल्का उठाएपछि उडानगरिएको थियो ।
काठमाडौंबाट ढिलोपुगेपछि टोलीले लुम्विनीमा करिवसाढे २ घण्टामात्र बितायो। चिनियाँ टोली३ बजे स्वदेशफर्किने कार्यक्रम रहेको हुँदा हतार-हतार पूजा तथाभ्रमण गरी विमानकाठमाडौं फर्काइएकाे थियाे ।
लुम्विनीमा रहेको चाइनिज गुम्बामा पुजा गर्दै नेपालका लागि चिनियाँ राजदूत उ चुन्तार्इ |
गुम्बामा धुप बाल्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेल |
भैरहवाको गाैतम बुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको नयाँ एम ६० जहाज |
कृपया बिज्ञापनमा क्लिक गरेर सहयोग गरिदिनुहोला । -धन्यवाद
Post a Comment