रासस / गोरखा : दिसामा पाईने कोलिफर्म यहाँ स्थित खानेपानीको मुहानमा भेटिएको छ । यहाँका दुई गाविसमा रहेका ५१ वटा खानेपानीको मुहानमा मानिसको दिसामा पाइने जिवाणु ‘कोलिफर्म’ भेटिएको हो   ।

दुई  महिना अघि पद्घति विकास सेवा केन्द्र अन्तर्गत सुआहारा कार्यक्रमले गरेको सर्वेक्षणमा गाविसको नौ वटै वडाका खानेपानी मुहानमा कोलिफर्म जिवाणु भेटिएको हो ।

फिनामका २७ खानेपानी मुहानमा गरिएको सर्वेक्षणमा खानेपानी खान योग्य नदेखिएको हो ।  सुआहारा कार्यक्रमकी स्मारीका श्रेष्ठले भनिन् ‘पानी जाँच गर्ने भाँडामा पानी राख्दा ४८ घण्टामा पुरै कालो देखियो ।’ सुआहारा कार्यक्रमले नारेश्वर गाविसको खानेपानीको मुहानमा पनि सर्वेक्षण गरेको थियो । नारेश्वर गाविसको पनि तीन वटा मुहान वाहेक अन्य २४ वटा मुहानको खानेपानीमा कोलिफर्म भेटिएको श्रेष्ठले वताइन् ।

 गाविसमा एक महिना अघि खानेपानीको सर्वेक्षण गरिएको थियो । त्यस्तै फिनाम,ताप्ले, बुङ्कोट, नामजुङ गाविसमा चितवन मेडिकल कलेज भरतपुरका एमवीविएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थीले शनिबार गरेको एक कार्यक्रममा पनि पानी खान योग्य नभएको वताएका छन् । २१ दिन सम्म भरतपुरका विद्यार्थीले पनि सरसफाइको  वारेमा अध्ययन गरेका थिए । समुदायमा स्वास्थ्य निरुपण कार्यक्रम भनेर शनिबार एक कार्यक्रको आयोजना गरी फोहर पानी खाँदा विभिन्न रोग लाग्ने उनीहरुले बताएका थिए ।

 उनीहरुले खानेपानीका कारण झाडापखालाको विरामी वढेको तथ्याङ्क समेत निकालेका छन् । महिलाहरुको पाठेघर खस्ने समस्या पनि ठूलो समस्याको रुपमा रहेको ताप्ले गाविसको कार्यक्रम सहभागि चिकित्सा शास्त्रकी छात्रा सगुन खनालले बताईन ।  उनीहरुले स्थानीयलाई खानेपानीको मुहान सरसफाई गर्नुपर्ने, पानी शुद्घिकरण गरेर खानुपर्ने, तताएर पानी खादाँ सरुवा रोग कम हुने वताएका थिए ।

Post a Comment

 
Top