गोरखा : झिंगा मार्ने विषादी सेवन बाट आइतबार छोप्राक – ९ का एक वर्षीय रेस्मी कुमाल बेहोस भएकी छन् । थालमा झिंगा मार्ने औषधी राखिएको अवस्थामा पानीमा मिसिएको विषादी पिउँदा बेहोस भएको उनको परिवारले जनाएको छ । कुमालको गोरखा अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।
घर परिवारले बच्चाले भेट्ने ठाउँमा असुरक्षित किसिमले झिंगा मार्ने विषादी राख्दा जोखिम वढेर गएको छ । गुलियो स्वादको हुने भएकाले बलवालीकाले सजिलै लुकेर सेवन गर्ने हुँदा दुर्घटना बढ्दै गएको हो । पछिल्लो समय जिल्लाका बिभिन्न ठाउँमा झिंगा मार्ने विषादीको प्रयोगले बालवालीका बिरामी हुने घटना बढ्दै गएको हो ।
Post a Comment