मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । यतिबेला आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । आजका लागि शुभ अंक ३ र शुभरंग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष ९इ, उ, ए, ओ, बा, बि, बु, बे, बो० –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारीवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार व्यवसाय मध्यम रहेको छ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो वा घिउरंग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० –
पारिवारिक स्वास्थ्यका क्षेत्रमा सचेत रहने दिन छ । बन्धुवान्धव र छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । आजका लागि शुभ अंक ९ र शुभरंग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आजका लागि शुभ अंक ४ र शुभरंग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० –
प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या ९टो, प, पि, पु, ष, ण, ठ, पे, पो० –
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कामबाट फुर्सद मिल्नेछ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला ९र, रि, रु, रे, रो, ता, ति, तु, ते० –
परिस्थिति प्रतिकूल रहेपनि हिजोआज राम्रै समय चल्दैछ । शुभ कुराको सङ्केत मिल्नेछ । नयाँ कामका निम्ति हौसला मिल्नेछ । अर्थलाभका अवसर आउने छन् । आज कुनै अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० –
खर्च राम्रै हुनेछ । विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ । विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । धेरै नबोल्नु बेस छ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । आजको समय सामान्य छ । आजका लागि शुभ अंक ८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु ९ये, यो, भ, भि, भु, ध, फा, ढ, भे० –
मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा समेत सुधार आउने छ । नोकरी गर्नेहरूले हाकिमबाट महत्त्वपूर्ण कुरा फुत्काउन सक्छन, तर सुरु गर्नुअघि ठूलाबडाको सल्लाहा लिनु बेस होला । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० –
असल समय छ । प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ । मनोकाङ्क्षा पूर्ण हुनेछ । समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभ अंक ६ र शुभरंग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, द० –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । आजका लागि शुभ अंक ५ र शुभरंग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन ९दि, दु, थ, झ, ञ, दे, दो, च, चि० –
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । त्यसपछि भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, त्यसैले महत्वपूर्णकाम साँझ पर्नुअघि नै सिध्याउनु होला । बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ । आजका लागि शुभ अंक ७ र शुभरंग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Post a Comment