काठमाडौं, बैशाख २९ – एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराई विराटनगर सम्मेलन मार्फत केन्द्रीय समितिमा बस्न अस्वीकार गरेलगत्तै पार्टीभित्र एक्लिँदै गएका छन् । पार्टीभित्रको वैचारिक संघर्षमा यसअघि भट्टराईलाई साथ दिँदै आएका आधाभन्दा बढी नेता यसपालि उनलाई छाडेर अध्यक्ष पुष्पकमल दाहाल खेमामा लागेका छन् ।
भट्टराईसहित उनी पक्षधर १५ जनाले केन्द्रीय सदस्य अस्वीकार गरे पनि आइतबार पार्टी मुख्यालयबाट सार्वजनिक ८४ सदस्यीय केन्द्रीय समितिको नामावलीमा विगतमा भट्टराईनिकट रहँदै आएका दर्जन सदस्यको नाम समावेश छ । पालुङटारदेखि क्रमशः संख्यात्मक रूपमा कमजोर हुँदै आएका भट्टराईलाई विराटनगर सम्मेलनबाट करिब दर्जन केन्द्रीय नेताले साथ छाडेको पार्टी मुख्यालयबाट जारी केन्द्रीय समितिको नामावलीले देखाउँछ ।

पालुङटार प्लेनममा भट्टराईको पक्षमा खुलेर लागेका पूर्व स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता दीनानाथ शर्मा, पूर्व पोलिटब्युरो सदस्य राम कार्की र भीमप्रसाद गौतमसहित केन्द्रीय सदस्यहरू भरतप्रसाद साह, अजयशंकर दास नायक, अशोक जयसवाल, कल्पना धमला, घनश्याम यादव, दधिराम न्यौपाने लगायतका भट्टराईनिकट केन्द्रीय नेता विराटनगर सम्मेलनबाट दाहाल खेमामा प्रवेश गरेका छन् ।
‘पार्टी चुनावमा नराम्रोसँग पराजय भएको स्थिति छ, पार्टीलाई बलियो बनाउनुको सट्टा केन्द्रीय समिति अस्वीकार गरेर झन् कमजोर बनाउने काम बाबुरामजीबाट भयो भन्ने मेरो निष्कर्ष हो,’ भट्टराईको साथ छाडेका भरतप्रसाद साहले , ‘अध्यक्षलाई सहयोग गरेर पार्टी पुनर्निर्माणका लागि मैले योगदान दिन खोजेको मात्रै हुँ ।’ संविधानसभा निर्वाचनपछि तेस्रो स्थानमा झरेको पार्टी बलियो बनाउन सुदृढ एकताको आवश्यकता रहेको उनको निष्कर्ष छ ।
भट्टराईनिकटका अनुसार उनी सरसल्लाह गरेर अघि बढ्नेभन्दा आफ्नो एजेन्डामा सहमति जनाउन आग्रह गर्छन् । ‘अब के गर्नेभन्दा पनि अब यो गर्ने हो हामीले भनेर उहाँ भन्नुहुन्छ, त्यो राम्रो होइन,’ भट्टराईनिकट अर्का नेता भन्छन्, ‘कार्यकर्ता के चाहन्छन्, के खोजिरहेका छन्, त्यसप्रति उहाँको कमै चासो हुन्छ, जसका कारण विचार राम्रो भए पनि उहाँ संगठन बनाउन सक्नुहुन्न ।’ कार्यकर्ताको भावना बुझ्न नसक्नुले नै पार्टीभित्र भट्टराई सधैं कमजोर रहेको ती नेताको भनाइ छ भनेर आजको नागरिक दैनिकमा यो समचार छापिएको छ । साभार रातोपाटी
Post a Comment