गोरखा, २५ वैशाख : गोरखाको आरुघाट र पालुङटार नगरपालिका घोषणाको लागि सिफारिसमा     परेपनि अन्तत मन्त्री परिषद्को आँखामा भने पर्न सकेन । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले देशभरका ७२ नयाँ   नगरपालिकाहरु घोषणा गरेपनि त्यसमा गोरखा भने नपरेको हो ।

बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले मापदण्ड पुगेका देशका बिभिन्न सहरहरुलाई नगरपालिकाको रुपमा स्वीकृत गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

नयाँ नगरपालिकाको स्वीकृति सँगै नगरपालिकाको संख्या ५८ बाट बढेर १ सय ३० पुगेको छ । जनसंख्या, भौतिक पूर्वाधार र अन्य सुविधाको आधारमा सरकारको प्राबिधिक समितिले बिभिन्न सहरहरुलाई नगरपालिकाका लागि सिफारिस गरेको थियो । गोरखा जिल्लाको आरुघाट बजार र पालुङटार बजारलाई पनि नयाँ नगरपालीका घोषणाको लागि सिफारीस गरिएको थियो । तर ति सहरहरु भने स्विकृतिमा 
परेनन् ।

Post a Comment

 
Top