को भन्दा को कम : अगरबत्ती बनाउन सिक्दै महिलाहरु ।


 तस्बिर : नयन केसी/मातृभूमि




गोरखा : राष्ट्रिय वाणिज्य बैँक गोरखा शाखाका प्रबन्धक कुश कुमार श्रेष्ठले विभिन्न सिपमूलक तालिमले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् । तालिमले महिलाको क्षमता अभिवृद्धिमा इट्टा थप्ने भन्दै श्रेष्ठले यस्ता तालिमले महिलालाई स्वावलम्बी बन्ने बताए ।

‘महिलाहरुले तालिमबाट स्वावलम्बी बनी आयआर्जन गर्न सक्नेछन् ।’ श्रेष्ठले भने, ‘आयआर्जनबाट बचत हुनेछ जसले गर्दा अर्थतन्त्रमा नै राम्रो प्रभाव पर्छ ।’

‘सृजनाको परिकल्पना समुन्नत समाजको स्थापना’ भन्ने मुल नारा सहित देशभरका १७ वटा शाखाहरु मार्फत कार्यक्रम सञ्चालन गरिरहेको सृजना विकास केन्द्रको सृजना बैकिङ कार्यक्रमले गोरखामा सञ्चालन गरेको २ दिने अगरबत्ती बनाउने तालिम समापन कार्यक्रममा बोल्दै श्रेष्ठले महिलाको साना साना    कुराले ठूलो प्रभाव पार्ने बताएका हुन् ।

महिला सशक्तिकरणको  आधारमा स्वरोजगार निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा गोरखा नगरपालिका सहित १० गाविसका २० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योगका पुष्प प्रसाद दुलालले प्रशिक्षण दिएका थिए ।

बिहीबार तालिमको समापन कार्यक्रममा प्रशिक्षार्थी मञ्जु पनेरुको सभापतित्व रहेको      थियो । समाजसेवी धिरज बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको तालिम समापन समारोहमा       राष्ट्रिय वाणिज्य बैँक गोरखाका शाखा प्रबन्धक कुश कुमार श्रेष्ठ, प्रशिक्षक पुष्प प्रसाद दुलाल,  शक्ति उच्च माविका सह–प्राचार्य दुर्गाभक्त घिमिरे लगायतको उपस्थिति   रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले कुनै पनि काम सानो नहुने भन्दै महिलाहरुलाई आफूले सिकेको सिप व्यवहारमा उतार्न आग्रह गरे । कुनै पनि सिप सिक्न गाह्रो मान्न नहुने भन्दै सिकेको सिपको दुरुपयोग नगर्न पनि उनको आग्रह छ ।

प्रशिक्षक दुलालले तालिम लिनेहरु मध्ये करिब ४० प्रतिशतले मात्र व्यवहारमा उतार्ने गरेको   स्मरण गर्दै अहिले तालिम लिनेहरु सबैले व्यवहारमा उतार्ने विश्वास गरे । तालिम लिएका महिलाहरुले व्यवसाय गर्न चाहे घरेलुले सक्दो सहयोग गर्ने उनको भनाई छ ।

कार्यक्रममा बक्ताहरुले महिलाहरुले फुर्सदको समयमा आफूले सिकेको सिपको प्रयोग गर्दै अगरबत्ती बनाउन सक्ने भएकाले सबै सहभागीलाई सिपलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रम आयोजक संस्थाकी शाखा प्रमखु लक्ष्मी सुवेदीको सञ्चालनमा भएको हो ।

Post a Comment

 
Top