गोरखा : समुदायमा रहेका अगुवाहरुलाई एचआइभी एड्सका बारेमा जनचेतना जगाउने नवज्योति माविमा बिहिबार एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
श्री स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाको आयोजनामा गोरखा नगरपालिका डण्डीडाँडामा भएको कार्यक्रममा वडा नागरिक मञ्चका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुका साथमा महिला समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।
एचआइभी एड्स रोकथाम कार्यक्रम, सहयोग तथा हेरचाह कार्यक्रम अन्तरगत अभिमुखिकरणमा एचआइभी एड्स सर्ने तरिका, यसबाट बच्ने उपायहरुका बारेमा जानकारी गराईएको थियो । यसका साथै कण्डमको फाइदा र प्रयोग गर्ने तरिकाका बारेमा पनि कार्यक्रममा चर्चा गरिएको थियो । कार्यक्रममा स्वाँरा सघनका सामुदायिक कार्यकर्ताहरु गीता देवकोटा र सरस्वती लामाले सहजिकरण गरेका थिए ।
Post a Comment