गोरखा :‘मेरो रेडक्रस कथा’ भन्ने नाराका साथ विश्वभर मनाइएको रेडक्रस दिवसमा गोरखामा भने कुनैपनि औपचारिक कार्यक्रम बिना नै सम्पन्न भएको छ । आफुहरु केन्द्रिय अधिवेशनका लागि सिराहामा रहेको र केन्द्रमा नै जोडिएर रेडक्रस दिवस मनाउने केन्द्रको नीति अनुरुप जिल्लामा रेडक्रस दिवसको औपचारिक कार्यक्रम नभएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाका सभापति यदुविलास भट्टराईको भनाई छ ।
विश्वभर मनाइएको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८
तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्देश्यका साथ स्थापना भएको यो संस्थामा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयसेवकका रुपमा कार्यरत छन् ।
नेपालमा २०२० सालमा स्थापना भएको रेडक्रस सोसाइटीको अहिले सबै जिल्लामा शाखा र १ हजारभन्दा बढी उपशाखाहरु छन् । अहिले नेपालमा रेडक्रसमा ११ लाखभन्दा बढी स्वयंसेवक आवद्ध छन् । दिवसका अवसरमा जिल्ला शाखा तथा उपशाखाले देशैभरी ¥याली, रक्तदान, विपद् व्यपस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरु गरेको छ ।
Post a Comment