नयन केसी/गोरखा : ट्राफिक प्रहरीको सक्रियता बढेसंगै गोरखामा हुने सवारी दुर्घटनामा कमी आएको छ । विगतका वर्षहरुको तुलनामा यो आर्थिक वर्षको पछिल्लो १० महिनामा सवारी दुर्घटनामा ठूलो मात्रामा कमि आएको हो । आर्थिक वर्ष २०७०÷७१ को पछिल्लो दश महिनामा तथ्याङ्क हेर्ने हो भने ६ दुर्घटना भएको देखिन्छ ।
गत वर्षको तुलनामा हेर्ने हो भने न्यून हो । आर्थिक वर्ष ०६९/७० मा एक वर्षमा १३ सवारी दुर्घटनामा परेका थिए । जसमा १३ जनाकै मृत्यु भएको थियो । त्यसैगरी ०६८/६९ मा १८ दुर्घटनामा १८ को मृत्यु भएको थियो भने त्यो भन्दा अघिल्लो वर्ष २० दुर्घटना भएका थिए ।
यो आर्थिक वर्षको मंसिरमा २ वटा ट्याक्टर दुर्घटनामा परेको थियो जसमा २ को मृत्यु भएको थियो । त्यसैगरी पुषमा पनि अर्काे एक ट्याक्टर दुर्घटना भएको थियो । पुष महिनामा नै गोरखा सदरमुकाममा घडेरी खार्ने क्रममा डोजरले खसालेको ढुङ्गाले लागेर एक वृद्धको मृत्यु भएको थियो । त्यसै गरी चैतमा भएको ट्रक दुर्घटनामा परी एकको मृत्यु भएको थियो । यही वैशाख १० गते गोरखाको १२ किलोमा भएको जीप दुर्घटनामा पालुङटारकी सबी श्रेष्ठको मृत्यु भएको थियो । साथै मंगलबार मात्रै खोप्लाङमा ट्रिपरले किचेर सोही ट्रिपरका सहचालक सुजन केसीको मृत्यु भएको छ । उक्त दुर्घटनासंगै गोरखामा यो आर्थिक वर्षको हालसम्म भएको सवारी दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
विगतका वर्षको तुलनामा यो वर्ष सवारी दुर्घटना घट्नुमा प्रहरीको सक्रियता भएको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख प्रहरी सहायक निरिक्षक प्रविण आचार्य बताउँछन् । सावरी दुर्घटनाका बारेमा जनचेतना जगाउने कार्यलाई बढाएकाले दुर्घटना कम भएको उनको भनाई छ । ‘हामीले विद्यालय विद्यालयमा गएर जनचेतना जगाउने कार्य गरिरहेका छौँ, त्यसका साथै यातायातका चालक तथा सहचालकहरुलाई पनि सवारी नियमका बारेमा कक्षा लिएका छौँ’ आचार्यले भने, ‘मुख्य कुरा हामीले सवारी जाँचमा नै कडाई गरेका छौँ, छतमा चढ्ने यात्रु, ढोका नलगाई सवारी चलाउने जस्ता कार्यलाई नियन्त्रण गरिएको छ ।’
छतमा चढ्ने यात्रुहरुलाई पनि भेटिने बित्तिकै सम्झाई बुझाई गर्ने गरिएको उनले बताए । आचार्य भन्छन् ‘एउटा भरी गिलासमा फेरी पानी थप्यो भने के हुन्छ, एउटा भरिएको बसको छतमा यात्रु चढ्यो भने त्यही हुन्छ, हामीले यसै भनेर सम्झाउने गरेका छौँ ।’
प्रहरीको सवारी जाँचमा कडाईका साथमा जनचेतना जगाउने कार्यलाई तिब्रता दिएका कारण सवारी दुर्घटना घटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक रमेश थापाको भनाई छ ।
गोरखाको बाह्रकिलो, आरुघाट, ठाँटीपोखरी लगायतका सवारीको चाप बिस्तारै बढ्दै गएका क्षेत्रमा टूाफिक प्रहरी पोष्ट स्थापना गरिएकाले ति स्थानबाट चल्ने सवारीमा दुर्घटना कम भएको उनको तर्क छ ।
प्रहरीले सवारी जाँचमा कडाई गरेसंगै राजश्व असुली पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्षको १० महिनामा नै सवारी नियम उल्लङ्घन गरेका सवारीबाट जरिवाना बापत राजश्व झण्डै २ लाख बढी असुल भइसकेको छ । गत आर्थिक वर्षमा ११ लाख ८७ हजार २०० राजश्व असुली भएको थियो भने यो वर्ष वैशाख १५ सम्म झण्डै १४ लाख राजश्व असुल भइसकेको छ । यो वर्ष फागुन महिनामा मात्रै २ लाख १२ हजार ६०० जरिवाना स्वरुप राजश्व असुल गरिएको थियो ।
आवश्यक कागजात बिना सवारी चलाउने, मदिरा सेवन गरी सवारी चलाउने जस्ता सवारी नियम विपरित कार्य गर्नेहरुबाट सो रकम उठेको जिल्ला प्रहरी प्रमुख रमेश थापा बताउँछन् । ‘हाम्रो पहिलो प्राथमिकता जरिवाना असुली होइन’ प्रमुख थापा भन्छन्, ‘हामी सकेसम्म अनुशासन कायम होस् भन्ने तर्फ नै ध्यान दिन्छौँ ।’
विशेष गरी ग्रामिण रुटका सवारी तथा साँझपख चल्ने मोटरसाइकल लगायतका सवारीमा प्रहरी निगरानी राख्ने बित्तिकै राजश्व असुली बढेको थियो । थापाले माघमा गोरखा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै राजश्व असुली अघिल्लो महिना भन्दा दोब्बर भएको थियो ।

Post a Comment