२७ फागुन, भक्तपुर । आगामी चैत ५ गतेदेखि देशभर सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाको सबै तयारी पूरा भएको छ । ७५ वटै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामग्री र्पुयाइ सकिएको छ ।
यस वर्षको परीक्षामा सहभागी हुनका लागि पाँच लाख ७४ हजार ६८५ जना छात्रछात्राले आवेदन दिएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी चार लाख २६ हजार २१४ जना परीक्षामा सहभागी हुने छन् । एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी एक लाख ४५ हजार १८३ जना सहभागी हुने छन् ।
प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी हुने छन् ।
परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी छन् ।
यस वर्षका परीक्षाका लागि देशभरमा गरी एक हजार ८६२ परीक्षा केन्द्र कायम गरिएको छ । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा १र१ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।
गत वर्ष देशभर एक हजार ८३६ परीक्षा केन्द्र कायम गरिएकामा यस वर्ष परीक्षार्थी बढेकाले केन्द्र पनि बढाएको नियन्त्रक द्वारेले बताए ।

Post a Comment

 
Top